मन

  • कसलाइ थाह छ होला र
    आखिर यो मन कहाँ कहाँ छ
    के के गर्छ यो मनले
    यस्को स्वाभाव कस्तो हुन्छ
    यस्को पनि प्रकार हुन्छ हुदैन
    के के अणुहरु, अनि के प्रमाणुहरु
    मिलेर बनेको छ होला यो मन ?
    कति आयतन छ होला यो मनको
    अनि कति परिधिभित्र फैलावट भएको छ होला
    किन सानो खुसीमा ब्रुक ब्रुक उफ्रिन्छ
    अनि त्यस्तै सानो दु:ख पर्दा छाती फुलाएर
    आखालाइ ओभानो बनाइदिन्छ
    आशुले टिलपिल गरेर
    त्यसैले मलाइ जान्न मन छ
    आखिर यो मन कहाँ छ होला ?


    खोज्दै जादा कहिल्यै किताबका पानाहरुमा
    त कहिल्यै गाउँघरका छानाहरुमा
    कहिल्यै ढिडो र खोलेहरुमा
    त कहिल्यै जन्ती र डोलेहरुमा
    कहिल्यै रुवस र विलासितामा
    त कहिल्यै स्वान्तसु:खायहरुमा
    कहिल्यै माघको चम्किलो घाममा
    त कहिल्यै जेष्ठ/असारको चन्द्रमाको शितलतामा
    भेटिन्छ रे यो मन
    तर यिनै कुराबाट तर्सिदै भाग्छ पनि यै मन
    त्यसैले मलाइ जान्न मन लाग्यो अब
    आखिर यो मन कहाँ छ होला त ?


    मेरो मन जहाँ छ !
    किन अरु कसैको मन त्यही हुदैन ?
    अनि छैन भने तत्व ज्ञान
    कुन इन्द्रियबाट अवगत हुन्छ तिनीहरुलाई
    मलाइ पनि जन्न मन छ
    आखिर मेरो मनको प्रतिबिम्ब अनि
    तिम्रो मनको प्रतिछायामा के अन्तर रहेछ त ?
    मेरो मनको स्वाभाव
    अनि तिम्रो मनको प्रभाव बिच
    के अन्तरसंघर्ष रहेछ त ?
    अनि मेरो मनका करुणाहरु र
    तिम्रो मनका भावनाहरु बिच के अन्तर रहेछ त ?
    त्यसैले त मलाइ जान्न मन छ यो मन कहाँ हुन्छ ?


    बगैचामा फुलेको गुलाबमा कि
    त्यसैको काडा वरिपरि
    कि भिरमा फुलेको लालीगुरासमा
    कि बगैचामा फुलेका हजारी, सयपत्रीहरुमा
    कस्को मन हुन्छ कस्को हुदैन होला
    मलाइ जान मन छ
    यदि हुन्छ भने यी सबैको मन
    मलाइ जान्न मन छ
    त्यसैले त जान्न हाम्रो मन छ आखिर कहाँ छ ?
    यदि हुन्छ भने
    हरेक मान्छेहरुको आफ्नै छुट्टै मन
    किन तड्पिन्छन त अरुको मनको पछाडी
    कि ठान्छन यी रैतीहरुले
    सत्ययुग देखिको आदिम यात्रा
    जहाँ मनलाई मनले नै लखेटेर
    मनले नै खोजेर ल्याउनु पर्छ
    आखिर यस्को मनसाय के हुन्छ र
    यति कोमल यो मन दुखाउने
    चाह कस्को मनमा अडिएको हुन्छ
    आखिर कस्को पो दृष्टिगोचर हुन्छ होला र
    कसैको मन बाट आशाहरु तुहाउने
    अनि बिश्वासका बाधहरु भत्काउने
    प्रतिभाका कोपीलाहरु लत्याउने
    त्यसैले मलाइ जान्न मन लाग्यो अब
    आखिर यो मन कहाँ छ होला त ?


    म सोच्ने गर्छु
    आफ्नै भाइहरुको ज्यान लिन खोज्ने
    के ति कौरवहरुको मन थिएन होला र
    अनि छातीमा गोली थाप्न तम्सेका
    भक्ती थापाहरुको मन थिएन होला र
    औंला काटेर दिदै गर्दा
    मन दुख्यो होला कि नाइ एकलब्यको
    पतिब्रता नारी सितालाइ हरण गर्ने के
    रावणको मन थिएन होला त
    के सद्दाम हुसेन अनि
    चाल्स सोभराजहरुको मन छैन होला त
    के छोरा र पत्नीलाइ छोडेर गृहत्याग गरेका
    महामानव गौतमबुद्ध को मन नहोला त
    यो आश्चर्य का बिच
    मलाइ बुझ्न मन छ यो मन कहाँ हुन्छ त ?


    सधै अटल रहि हासिरहने
    हिमालको मन कस्ले छामेको छ होला
    छाम्नेहरुको मनमा पनि कलकल बग्ने हिम नदी जस्तै
    भावनाको सङ्लो खोला बग्दो हो कि नाइ
    सलल बग्ने हावाको बेगजस्तै
    यो मनको पनि गति हुन्छ कि हुदैन होला
    आखिर के ले निर्धारण गर्छ यो मनको गतिलाइ
    मनहरु अनि मौनता बिच
    मनहरु र सम्बन्धको गहिराइमा के सम्बन्ध छ ?
    अनि थाहा हुदा हुँदै पनि मन दुख्ने कुरा
    किन आखिर यि सम्बन्धहरु
    आफ्नो यात्रामा निस्किन्छ्न त
    निस्फिक्री साथ हर बिहानीको झुल्को सङै
    जस्को साझ फर्किने न कुनै गन्तव्य छ
    न कुनै अदिम युगको नेपथ्य यात्राको


    नौ महिना गर्भमा बोकेकी आमालाइ
    ८० बर्षमा बृद्धआश्रम अघि छोड्न आएको छोराको
    मन हुन्छ कि हुदैन मलाइ जान्न मन छ
    अनि जान्न मन छ त्यस क्षण आमाको मन
    र छोराको मन बिच हुने मौन सम्बाद पनि
    अनि के का ज्वारभाट फैलिनछन होला
    आखिर त्यो मनमा
    जब बुबाको पार्थिव शरीरलाई
    दागबत्ती दिन हातमा राको बोकेर
    छोरा अघि बढ्न खोज्छ
    हो मलाइ जान्न मन छ के बोल्छ होला
    आखिर उस्को मनको अन्तर ध्वनि 
    अनि के बोल्छ होला पार्थिव बुबाको शरीरले
    क्यान्सरको अन्तिम किमो लिदै गरेका
    आयु र भाग्य डाक्टरले रिपोटमा लेखिसकेका
    बिरामीको मनमा के खेल्छ होला
    अनि मृत्युपत्र लेख्दै गर्ने
    डाक्टरको मनमा के कुरा खेल्छ होला
    त्यसैले मलाइ जान्न मन लाग्यो अब
    आखिर यो मन कहाँ छ होला त ?


    आखिर मन भन्ने कुरा पनि फगत
    सम्बेदनाको र भावनाको ठिस्को पो रहेछ
    कहिल्यै दुखमा आखाहुदै बग्छ
    त कहिल्यै सुखमा धपक्क मुहारको ज्योति
    यदि सन्तुष्टिको अणु बाट
    मनको प्रमाणुलाइ खुसी मिल्ने भए
    किन सन्तोषको श्वास लिन सक्दैन
    यी मन बोकेका मान्छेहरु
    त्यसैले मलाइ जान्न मन लाग्यो अब
    आखिर यो मन कहाँ छ होला त ?





  • 1 comment:

    GET A FREE QUOTE NOW

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

    ADDRESS

    Dhangadi, Kailali

    EMAIL

    Amritjaishi0@Gmail.Com

    TELEPHONE

    091590328,
    091590348

    MOBILE

    9860644282