• बाध्यता

    दुख सुख कसलाइ पो पर्दैन र तर यस्तो पनि हुन्छ कतिले दुखको भारी खुसी खुसी बोकि दिदा सायद भगवान पनि उसैलाइ झन जिन्दगिको बोझ बोकाइरहन खोज्छ्न । अब भने म पुराना कुराहरुलाइ बिर्साएर  बिस्तारै नया जिवनको सुरुवात गर्ने योजना बुन्दै थिए मेरो पनि  दुखको भारीलाई छोप्ने गरि सपनाको महल उभिसकेको थियो मनमा तर पनि यति सजिलै म यी घटनादेखी माथी उठ्न सक्ने स्थितिमा थिइन कसै गरि । बेला बेला झस्काइरहन्थ्यो आफ्नै बिगतले आफैलाइ त तर्सेर म पुन सोच्न पुग्थे ५ बर्ष पहिलेको घटना जो म भुल्न खोजेर पनि भुल्न नसक्ने गरि गढेको छ यो मनमा ........


    मलाइ अचेल यस्तो लाग्न थालिसक्यो यो दुख जति खप्यो भगवानले झन झन दुख दिन्छन । तर पनि मेरो दुख खप्ने क्रम झन झन बढ्दै छ जसरी चहाना अनि आकान्क्षाका आधारहरुले आयतन लिदै गए ठिक त्यसै गरि दुखका पहाडले पनि सुखका आधार माथी नियन्त्रण पनि जारी राखे । आखामा आँसु आउनु अनि ओठमा हासो नहराउनु मात्र दुखको मापक हैन रहेछ । जसरी आज मेरो न आँखा रसाउन सकेका छन न त ओठहरुले हासो हराउन सकेका छन तर आखिर मनमा एक किसिमको कम्पन जारी छ सायद मेरा खुसिमै केन्द्रबिन्दु बनाएर दुखकम्पन गएको छ मेरो मनमा र त अहिले सम्म सम्यमित हुन सकेको छैन मेरो मन ।

    असार लागिसकेको छ बाहिर मुसल्धारे पनि परिरहेको छ तर मनमा पनि एक अर्को पहिरो गइरहेको भान भइरहेको छ मेरा बाध्यताले निम्त्याएको परिस्थितिको पहिरो । दुखका ओरालोमा त आफ्नै स्वास्थ्यले पनि अब त साथ दिन छोड्दो रहेछ क्यारे अस्ती देखि आमाले TB को दवाइ सुरु गरेको , त्यसको २ हप्ता बित्न नपाउदै बुवा पनि थला पर्नुभयो। रिन जोखो गरि सदरमुकाम लग्दा , जिल्ला अस्पतालमा डाक्टरको दरबन्दिमात्र तर डाक्टर काठमाण्डौ मै भएपछी एकपटक पुन आफ्नो विवशताले मेरो परिस्थिति लाई लात्ता हानेर मलाइ बिरामी बुबालाइ घर ल्याउन बाध्य बनायो । जति जति म बाध्यताका चट्टान परिस्थितिको उर्जाले तोड्न खोज्थे झन झन निराशाको बादल मडारिन्थ्यो मेरो आकाशमा । १ दिन २ दिन झन झन बुबाको अवस्था कमजोर बन्दै गयो । म यसपटक भने आफ्नो विवशताको भारि अन्तिम जिम्मेवारी सम्झेर बोक्न बाहेक अर्को बिकल्प नभेटेपछि आमाको कानमा सजिएको सुन लगेर बजार तिर हानिए । मलाइ मनमा भने लागिरह्यो मैले कतै आमाको कानमा सजिएको गहना हैन , आमाको निम्ति बुबाले दिएको प्यार त बेचिरहेको छैन , तर "बुबाको प्यार बेचेर बुबालाइ नै बचाउन सकिन्छ भने जा छोरा" भन्दा आमाले मेरा आँखा न रसाएका पनि होइनन । तर गहना बेचेर आउदा भने आमाको आखामा उज्यालो छाएको थियो सायद , अब बुबालाइ बचाउन सकिन्छ भन्ने आशाले मनमा ठाउँ पाएको हुनुपर्छ र त बर्षात पछिको आकाश जसतै चमक छ आमाको मुहारमा तर मनमा कति दर्द होला म आफै पनि कल्पना गर्नै सक्दैन । बुबालाइ पनि हिजोको भन्दा आज आजको भन्दा भोलि रोगले च्याप्दै थियो ।


    म घर भित्र जाँदै गर्दा बुबाले मलाइ च्याप्प समाउदै बर्बर आँसु झार्दै भन्न थाल्नु भयो मेरै माटोमा मर्न दे मलाई , किन बालुवामा पानी हाल्न खोज्दै छ्स , न तलाइ राम्ररी पढाउन सके बेलामा , न तेरि आमालाइ सुखले पाल्न सके , भएको सम्पती पनि मेरा उपचारको निम्ति खर्च गएर झन मेर्ने बेलामा मलाइ पापको भरी नबोका छोरा भनेको मान । बुबाले यति भनी सक्दा बुबाका परेलाले आशु छेक्न सक्ने अवस्था त थिएन नै मैले पुछ्न सक्ने परिस्थिती पनि थिएन , आफ्नै आखाले आँसु परेलाको डिलमा ल्याइसकेका थिए बुबाले कुरा नसक्दै । त्यसैले मैले केही पनि नबोली सुक सुक गर्दै सर्टको बाउलाले आँसु पुछ्दै भित्र गए अनि सबै लुगा कपडा मिलाउन थाले । मनमा भने निरन्तर एउटै प्रश्नले हिर्काइरह्यो ``बुबा तपाईंको छोरालाइ झन जिन्दगी भरी पछुताउने बाटो नदेखाउनुहोस , तपाइलाइ थला पर्दा अस्पतालको ढोका सम्म देखाउन नसकेको मलाई अझ आत्मग्लानी बोध नगराउनुहोस ´´ बरु बेच्न तयार छु म यो खेतको कान्ला , यो पाखो जमिन पनि यदि अन्तिम सम्म पनि बचाउन सकिन्छ भने मेरा बा को न्यानो काख । तपाइको काख मलाइ धेरै विशाल लाग्छ हाम्रो ५ रोपनि पाखो जमीन भन्दा त !
                      
                                                                             ***********
    गाउमा सबैकोमा धान रोप्ने चटारो थियो तर मेरो मनमा भने कसरी यो दुखबाट एक कदम नै किन नहोस अघाडी बढ्ने भन्ने थियो । अब काठमाण्डौ जाने भन्दा भन्दा फेरि पानी निरन्तर बर्सिदै थियो यो अर्को बाध्यता बनेरे हाम्रो बाटोको बार बनेको थियो । रोकिदै नरोकिने भएपछि भने अब नगइ हुदैन भन्दै पर्दै गरेको पानी अनि बग्दै गरेको आमाको आशुको बेवास्ता गर्दै काठमाण्डौ हिड्न बाटो लागयौ । १५ दिन देखी थला परेका बुबालाइ साथमा अनि मनमा भगवानलाइ साक्षी राखेर बुबाको जिन्दगीको भिक माग्दै जब महाराजगन्जको अस्पतालको गेटमा पुगे , लाग्यो अब मेरो बालाइ यमराज त के कसैले पनि लग्न सक्दैन किनकी नजिकै मैले सेतो कोट अनि घाटिमा स्थेस्कोप झुन्डाएका भगवान देखि सकेको थिए । बुबालाइ बाटोमै छोडेर मैले ति डाक्टरको खुट्टा समाउदै भन्न पुगे मेरा बा लाइ  बचाइ दिनुहोस ....!!!   मेरा बा लाई बचाइ दिनुहोस......!!! ।डाक्टरले सबै प्रकृया पूरा गराइदिएर बुबालाइ ओपिडिमा भर्ना गरे । डाक्टरले भने अनुसारका सबै चेक गराउदा गराउदै  डाक्टरले फोक्सोको क्यान्सर भएको कुरा पुष्टि गरेको चिठा/पुर्जी हातमा थमाएर We are sorry it is chronic condition.........अरु पनि के के भने डाक्टरले मैले त्यसपछि केही सुन्नै सकिन । मनमा एक्कासी अन्धकार छायो मष्तिस्कमा पनि कम्पन छायो छेउमा टोलाइरहेका बा लाइ पनि अब त बा भन्दा पनि लास देख्न थाले विश्वासको बाध अब भने जोड्नै नसकिने गरि टुट्यो , मन पनि तसै गरि भाचियो । मलाइ डाक्टरले दिएको यो केवल चिठा/पुर्जि मात्रै हैन मेरा बुबाको मृत्युपत्र बोके जस्तै लग्यो । भारी भयो मन यो पुर्जामा मेरो हात परे सङै। यो पुर्जाको अरु कुरा हेर्नै मन मानेन यसमा मलाइ कता कता यमराजको चित्र कोरिए जस्तो भान पनि भयो ।अर्का तिर अब आमालाइ कसरी बुझाउने मेरा बुबाको मृत्युपत्र आखिर के भएको छ भन्नू मैले म आफै अनबिग्य छु ।


    अब बुबा लाई गाउँ फर्काउनुको अर्को विकल्प थिएन म सङ झन उता आमालाइ कति छ्टपटी भयो होला त्यसको त झन कुरा सोच्न सम्म पनि भ्याएकै थिएन । अब भोलि गाउँ फर्किने भनेर बुबा लाई मैले भन्दै थिए , त्यसैले आज अब नेपालको प्रशिद्ध धार्मिक स्थल पशुपतिनाथको दर्शन गराउन लग्ने सोचे । अनि बिहानै बुबालाइ नुहाइ धुवाइ गराएर पशुपतिको दर्शन गराएर उतै बाट बसपार्क गयौ । अब मलाइ आमाको घाटिमा सजिएको बुबाको प्यार त मैले बेचे बेचे अब आमाको कान बुचो नछोड्ने भनेर बसपार्कको छेउको पसलमा गएर सुटुक्क नक्कली सुनका गहना किनिदिए । मनमा अब पुरै सन्त्रास , डर ,भयलाई , आफ्नो बाध्यता नामको डोरिले बाधेर मृत्युको समय गन्दै गरेका बुबाको छेउमा बासेर गाउको बाटो तिर लागे ।


    खाना खाने भनेर बाटोमा गाडि रोकेको मात्र के थियो म बुबालाइ केही खाउ भन्दै थिए , बुबाले हैन मलाइ भोक नै छैन भन्दै नाइ नास्ती गर्दा गर्दै म होटल तिर झरे , केही खाने कुरा लिनलाइ तर होटलमा पुरै भिड थियो र  भीषण बाढि पहिरो गएको कुरा हल्ला चलिरहेको थियो हल्ला पनि एक्कै पटक यत्र तत्र फैलियो । म पनि समाचार हेर्न भनेर टिभी छेउ मात्र के पुगेको थिए बाढी अन्यत्र कहि नभई हाम्रै गाउँमा गएको रहेछ अब झन मुटुको धड्कन बढ्न थाल्यो मनमा झन उकुसमुकुस भइरह्यो बुढी बिरामी आमालाइ के भयो कस्तो भयो ? कस्तो बिपत आइलाग्यो आखिर यस्तो बेलामा अब म आफैलाइ आफुले सम्हाल्नै नसक्ने अवस्थामा पुगिसकेको थिए । News channel हरु सबै घटनास्थलको बारेमा थप बिबरण आउन बाकी रहेको समाचार पस्किरहेका थिए मेरो मनमा भने आमाको बारेमा केही नराम्रो समाचार सुन्न नपरोस भन्दै भगवानलाइ सम्झेर प्रत्येक सेकेन्ड सेकेन्डमा समेत लाखौं प्रार्थाना गरिसकेको हुन्थे । अब भने टिभीले त्यस क्षेत्रका स्थानिय सम्बाददाता सङ सम्पर्क को प्रयासमा निरन्तर थिए तर सम्पर्क हुन सकिरहेको थिएन अब भने गाढिले पनि हिडने तर्खर गर्दै हर्न बजान सुरु गरिसकेको थियो मलाइ भने यो बाढिको सबै समाचार नसुनी अधाडी बढ्नै मन थिएन तर गाडी त साच्चिकै आघाडी हिडिहाल्ने छाटगाठ देखाए पछि मैले होटेलबाट बुबालाइ अनारको जुस ल्याइदिएर अघाडी हिड्न खज्दै  थिए अब भने मृतकको नमावली नै आउन थाल्यो नामावली आधि जति आइसक्दा समेत आमाको नाम नभएकोमा खुसी हुँदै थिए मन मनै तर यो खुसी धेरै बेर टिकेन मृत्यु भएका २३ जना मध्य २२ जना सम्म आमाको नाम सुन्न परेको थिएन तर २३ औ न मा त्यही नाम सुन्न पर्यो जो मन अघि देखि सुन्न नपरोस भन्दै भगवानलाई पुकार्दै थिए । उता गाडीका सबै मानिसहरु मलाइ ढिलो गर्यो भनेर आक्रोसित भैरहेका थिए तर यो खबर मलाइ कसैलाइ सुनाउन मन लागेन त्यसैले टिलपिल आखाभरी आँसु बोकेर बुबाको छेउ पुगे बुबा अझै सुतिराख्नु भएको रहेछ । मलाइ अहिल्यै उठाइहालौ जस्तो लागेन पनि र सुक सुक गरेको आवाजमा बोलाउन सक्ने स्थितिमा पनि थिइन म ।

    यता बुबाको अवस्था यस्तो छ , उता गाउमा अब पहिरोले घर , जग्गा जमिन त्यो भन्दा पनि बढी मेरो आफ्नो आमाको काख पनि बाकी राखेको छैन । मनलाइ जति सम्हाल्न खोज्दा पनि आखाबाट आँसु र घाटिमा सुकसुक कसै गरि हटाउन सकेकै छैन । सोचे गाउमा पहिरोले सबै सम्पत्ति बगाएर मात्र किन लग्नु लग्नु , लगे पनि हुन्थ्यो नि यो पहिरोले हाम्रो दुखको पहाडलाई के काफी थिएन त हाम्रो दुखको पहाडमा पहिरो जान हाम्रो परिवारको आँसु ।

    बुबालाई म कसरी सुनाउने कि पहिरो गएको छ हाम्रो परिवारको खुसिमा , प्रेममा र अब उजाड छ हाम्रो फिका फिका जिन्दगी न त अब कौनै रङ्ग नै बाकी छ न त कुनै रस सिवाय आशुको अमिलो रस बाहेक । तर बिहान हुनै लाग्दा पनि बुबा उढ्नु भएन अनि मैले बुबा उठ्नु अब घर आइपुग्नै लाग्यो भन्दा बुबाले पनि अक्मकिएको स्वरमा भन्नू भयो बाबू अब हाम्रो घर नै बाकी नरहेपछि कहाबाट घर आउँछ र अनि अङालोमा कसेर मलाइ बेस्सरी रुन थल्नुभयो मैले पनि अघि सम्म आफै भित्र सम्हालेर राखेको दर्दहरु अब भने आँसु र आवाजको तरङ्गमा फैलिन बेर गरेनन । गाडिमा भएका सबै मानिसहरु हाम्रो यस्तो भावबिहोल अवस्था देखेर चकित परेर हेरिरहेका थिए । तर हामी भने अझै पनि आफुलाइ जति सम्हाल्न  खोजे सकिरहेकै थिएनौ  । .......... 
    To be continued ......


  • 0 Comments:

    Post a Comment

    GET A FREE QUOTE NOW

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

    ADDRESS

    Dhangadi, Kailali

    EMAIL

    Amritjaishi0@Gmail.Com

    TELEPHONE

    091590328,
    091590348

    MOBILE

    9860644282