• पूरा हुन नसकेको एक सपना भाग १

    घर छोडेर धनगढी अनि धनगढी छोडेर काठमाण्डौ आएको पनि २ बर्ष बितिसकेछ । धनगढी पनि १०+२ को दुई बर्ष बिताए पछि घर छोडेको करिब ४ बर्ष पुरा भैसकेको थियो । यस बिचमा म मात्र ३ चोटि घर गए ।

    २ बर्ष त दिदीको हातको सप्तरङी टीका अनि आशिर्वाद थाप्न पाइएन भने २ बर्ष २ दिनको छुटी मात्रै भए पनि घर पुगेर फर्किन्थे । दशैमा घरबेटिको भान्साबाट सेलरोटी को मग मग बास्ना आउदा मेरो पेट कति नमाज्जाले मडारिन्त्यो । अनि घरबाट फोन गर्दा यो खाए उ खाए भने पनि एक्लै बसेर खाना सके बनाउनै मन नलाग्ने ।केही परेर बनाइहाले खानै मन नलाग्ने । म त्यतिबेला सोच्थे नाम निकाल्नु मात्रै पर्छ, अनि त एक महिना घर बसेर धित मर्ने गरि आमाको हातले पकाएको ,मायाले पस्केको खाना खाएर गफ गर्दै बस्छु । तर त्यो दिन कहिल्यै आएन ।

                           *********
    म सायद कक्षा ७ मा पढ्थे , हाम्रो गाउ नजिकै एकजना आमा उमेरकै मान्छेले गर्भवती हुदा नजिकै स्वास्थ्य चौकी नभएर ,स्वास्थ्य चौकी पुगि सके पश्चात् पनि अलि अलि धड्किरहेको मुटुको धड्कन महसुस गर्न सक्ने इस्थेस्कोप घाटिमा झुन्डाएका डाक्टर नभए पछि  अकालमै ज्यान गुमाउनु पर्यो ।

    कम्ती खुसी थिएन राकेश जब उस्ले बहिनिको अनुहार देखेको थियो अस्पतालमा , तर घरमा नया सदस्यको स्वागत हुन पुर्वनै , जस्ले यो ढुङ्गा ,माटो थुपारिएको झुपडीमा पनि माया र ममताको उकेरा लगाएर घर बनाएकी थिइन । राकेश म सङै पढ्ने साथी हो मेरो मिल्ने साथी ।
    कहिले काहीँ भन्थ्यो हाम्रो घरमा आएर बेला बेलामा बहिनिलाइ हेर्दै ,खेलाउदै  अब मेरो नि बहिनी हुन्छे यस्तै उस्को नाम त रश्मि राख्नु पर्छ है । ......
    तर जब मैले अस्पताल को सैयामा अचेत अवस्थामा पल्टिरहेकि मेरो साथिकी आमालाइ हेरे अनि छेउकै टेबुलमा राखेको इस्थेस्कोप कानमा राखेर आमाको छातीमा राख्दा त खै मेरो कुन  दिमागले भने मैले राकेश खै आमाको त मुटु ढुक ढुक गर्दै छैन खै उ नर्सलाइ बोला न के भयो .....
    अघि सम्म इस्थेस्कोप लगाउन पाएकोमा खुसिले एक हात माथी उफेको म अब भने एकै चोटि भुइमा पछारिए ......
    यतिकैमा नर्स आएर नाडी ,घाटिको तलको भाग ,अनि मुटुको धड्कन चेक गरेर निराश मुद्रामा छेउमै उभिएका राकेशका अङ्कललाई उता लगेर केही कुरा भनिन ।
    त्यसपछि नवीन अङ्कल पनि अलि निन्याउरो अनुहार पार्दै आफ्नो फोन खोल्न थाले राकेश आमाको छेउमै गएर आमा आमा भन्दै रुन थाल्यो । अनि नवीन अङ्कलले राकेशको बुवालाइ फोन गर्दै थिए ....
    अनि भाउजू त अब रहिनन हजुरले आउनु पर्यो अब घर........खै उताबात के भन्नुभो अनि त्यो पछि अङ्कलले के के भन्नुभयो  मैले केही सुनिन मैले त मन समाल्नै नसकेर आमा आमा भन्दै राकेशकै छेउमा गएर म पनि डाको छिडेर रुन थाले ।

    मलाइ पनि राकेशको आमा आफ्नै हुन लाग्थिन ।आखिर मलाई राकेशलाइ भन्दा कम माया गर्थिनन्न । राकेशले नजन्मदै राखेको नाम रश्मि त थिए घरमा तर आमा नभएपछि बिस्तारै घर घर लाग्न छोड्यो । प्राय हाम्रै घरमा बस्थ्यो त्यस पछि राकेश । १ महिना बित्यो तर राकेशका बाउ भर्केनन पछि खबर पुग्यो उतै एक २ छोराछोरी भएको महिला सङ बिवाह गरेर उस्कै घरमा बस्छन भन्ने खबर पुग्यो । आमा बितेको कुरा खबर गरे पछि देखि उनले मोवाइल switch off गरेका थिए ....खोइ सिम पो change गर्या पो थिए कि ??

    जन्मेको ४० दिन पाछी त चम्किलो हसिलो अनुहार लिएर यो धर्तीमा आएकी रश्मि पनि आमाको दूध खान नपाएर बिरामी भएर अब यो सन्सार छोडि ......
    अनि अब त झन राकेशलाइ गाउमा बस्नै मन लाग्न छड्यो उ अब बरु भाडा माझेर खान्छु म त काठमाण्डौ जान्छु भन्न थाल्यो ।

    अनि उ र म गएर गाडी ..(करिब हिडेर १०घण्टा)चढ्ने ठाउँ गएर कति भाडा लाग्छ काठमाण्डौ पुगेको सोध्न गयौ ।
    खलासिले भन्यो -"३ हजार लाग्छ भाइ "
    "अनि कति दिनमा पुर्याछ त" राकेशले सोध्यो
    डाइभरले भन्यो "२ दिन लाग्छ भाइ " के तिमी जान आटेको हो ....??

    राकेशले भन्यो "हो दाइ म भोलि जाने काठमाण्डौ टिकट राखिदिनुन म भोलि आउछु  ...!!!."
    कन्डक्टर्ले टाउको हल्लाउदै हुन्छ को सन्केत गर्यो अनि हामी छुट्टीयौ बसपार्क देखि ।

    अनि ३ हजार रुपैया चाहिने राकेशलाइ तर उ सङ त अस्ति स्कुलको नया भवन बनाउदा खेरि गिट्टी भुटाएर जम्मा गरेको ९०० मात्र थियो । अनि मै बुवाको पर्सबाट पैसा चोरेर राकेसलाइ काठमाण्डौ पुर्याने आस्वासन दिए ।

    अनि राती घर गएर बुवाको पुरानो कोटको खल्तिमा भएको पर्स खोलेर हेरे जम्मा १ हजार थियो अब २ हजार कसरी ल्याउने चिन्तामा थिए म ,अनि भित्रको सानो बाकस खोलेर हेरे १० हजार रहेछ लुकाएर राकेको बाबाले यसो गार्हो सार्हो पर्दाको निम्ति राख्नु भएको मैले ३ हजार त्यसैबाट झिकेर जाम्मा ४ हजर चोरेर राकेशलाइ दिए । जीवनमा पहिलो पटक म एक साथीको निम्ति चोर बनेको थिए , त्यो पनि आफ्नै घर भित्रको सामान चोर्ने चोर।एकातिर मलाई पैसा चोरेको आत्मग्लानी थियो भने अर्काेतिर साथीलाइ उद्दार गर्नुपर्ने जिम्मेवारी पनि ।यी दुबैलाइ कसरी मिलाउने म सोच्न सकिरहेको थिएन । पछि जे हुन्छ हुन्छ तर अहिले राकेशलाइ काठमाण्डौ पुर्याउछु भनेर हामीले भोलि बिहानै भगेर काठमाण्डौ जाने निर्णय गर्यौ ।

    बिहान अध्यारो नै थियो राकेश झोला बोकेर मेरो घरको अघाडी आइपुग्यो म पनि हत्तपत्त बुबाले दशैमा ल्याइदिनुभएको एक पाइन्ट उसका लागी बोकेर म उ सङै अरुले थाहा नपाउने गरेर भग्यौ । अनि जब खोलाको छेउमा पुग्यौ ,अनि हामीले हजुरबा ले सुनाउनु भएको खोलामा बस्ने भुतको कथा सम्झियौ भित्रै देखि डर लागेर आयो हामीलाइ तर राकेशलाइ त्यति डर पनि लागेन जति डर उस्लाइ हाम्रो गाउमा बस्न,आफ्नो उजाडिएको घरमा बस्न लागिरहेको थियो । त्यसैले डरलाइ डरले नै मार्दै भगवानको नाम लग्दै हामी दगुर्दै गयौ ।

    २ घण्टा हिडेर हामी गाडी चढ्ने ठाउँमा आइपुग्यौ । अब भने बिस्तारै छुट्टिनु पर्ने समय नजिक आउदै थियो । काठमाण्डौ जाने यता लेखीएको काउन्टर अघि गएर टिकट लियौ । अनि नजिकै को होटेलमा गएर मिठाई खायौ नाम थाहा नभएको डल्लो डल्लो मिठाई मगायौ सारै महङो रहेछ मीठो पनि थियो सायद अब हामीबिच मात्र करिब १० मिनेट थियो । अब म उस्लाइ सम्झाउदै उता पुगेपछि तल्लो गाउको प्रकाशको घरमा फोन गर्नु नम्बर लेखिदेको छु बोलाइदेउ भन्नू ।अनि चिट्ठी नि लेख्दै गर्नु फोन त एक गाविसको एउटा छ लाग्छ लग्दैन । अनि आफ्नो ख्याल राख्नु ।म पनि बुवालाइ भनेर १० कक्षा सकेर काठमाण्डौ आउछु ।मैले यति भनिसके पछि भने उ भक्कनिएर रुन थल्यो । राकेश हाम्रो कक्षाको प्रथम विधार्थी थियो म तेस्रो । म पनि त्यो भन्दा बढी केही बोल्न सकिन सुक सुक रुदै अन्कमाल गर्दै अब राम्ररी जा भन्दै हिडे बसपार्क बाट ।

    आज एक सपनाको अन्त्य भएको थियो । राकेशले भन्थ्यो म जसरी भए पनि इन्जिनियर पढ्छु । तर उसका बाध्यताका पहाड यति अग्ला भएर गए कि उस्को सपनाको बिहानि मै गर्हण लागेर आयो । जिन्दगिको यात्रा अब कुन दिशामा जान्छ न राकेश, न म ,सायद न भगवानलाई नै थाहा छ । उसको आँखामा हिजो देखिने इन्जिनियर बन्ने सपना आज हेर्दा एक छाक खानामा बद्लिसएको थियो ।

    ******

    मलाइ एक दिन राकेशकी आमाले भन्नुभएको थियो त र राकेश १० कक्षा सकेर काठमाण्डौ जाउला सङै बसौला म बरु अरुको घरको भाडा माझेर भए पनि उस्लाइ काठमाण्डौ पढाउछु उस्का बाले रिन लगेको पैसा उठाउदा साहुले लगाएका बचनको घाउ अब राकेशलाइ राम्रो पढाएर निको गर्नुपर्छ । मलाई आज झल्झल्ती सम्झना आउदैछ मैले कतै बुवाको ३ हजार पैसा सङै कतै राकेशको सपना पनि चोरेन कि त ? बारम्बार म आफैले यो प्रश्न सोधिरहे आफैलाइ आज म १२ कक्षाको परिक्षा सकेर अब मेडिकल Entrance को त्यारी गर्दै गर्दा । कास यदि राकेश पनि म सङै हुदो हो त !

    ***************

    आज ठिक ६ बर्ष पूरा भयो मेरो आँखा अघाडी राकेश नदेखिएको तर उस्को सपनाले मलाइ बारम्बार बिउझाइरहन्छ , सपनामा भने सधै आएर मलाइ सोध्ने गर्छ त अब ठूलो मान्छे बन्नु पर्छ म जस्तै एउटा सपनाको पनि अन्त्य हुन दिने हैन नि !!!!
    म निशब्द हुन्छु अनि झसङ्ग बिउझन्छु ..........

    बाकी भाग २ मा

  • 3 comments:

    GET A FREE QUOTE NOW

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

    ADDRESS

    Dhangadi, Kailali

    EMAIL

    Amritjaishi0@Gmail.Com

    TELEPHONE

    091590328,
    091590348

    MOBILE

    9860644282