• देश दुखेपछि मेरो मन भित्र




    हिजो समय थियो

    सबैले मधेसी थारु जनाजाती दलित कामी भन्दै
    हाम्रो स्वाभिमान माथी प्रश्न गर्थे
    तर आज समय बदलिएको छ
    हामी संविधानमा हाम्रो पनि नाम लेख
    कि नेपालमै छन मधेसी थारु जनजाती पिछडिएका बर्ग सबै भन्दा
    आज कोहि तयार छैनन सुन्न यी शब्दहरु
    जो आफै हिजो बारम्बार पुकारी रहन्थे हुकुमी आदेश दिदै
    यता नेपाल भित्रै मधेस खोजी रहदा
    सुन्दै छु तिमी मधेसी भित्रका नेपाली खोज्दै छौ रे .....???
     हो ....??

    जो नेपाली छ त्यो भित्र के नेपाली खोज्छौ

    सक्छौ भने तिनको फाटेको दिलभित्र
    कोरिएको नेपालको नक्सा हेर
    अनि देशको लागि बगाएको रगत हेर  .....

    जति जति तिमी
    जन्मने दिन नजिक नजिक आउदै छ
     

    त्यतिनै धेरै खुसी हुनु पर्ने
    मन झन झन दुखी बन्दै छ
    तिमीलाइ बाधेको रातो रिबन यादबकै छोराले खोल्दा
    कति यादबको शरीरमाथी रातो कफनले अनुहार छोपीने छ
    सायद तिनले देख्न पाउने छैनन तिम्रो अनुहार
    न त तिमीले नै पाउने छौ देख्न तिनको अनुहार
    ती तिमीलाइ हेर्न आफू संसार छोड्दै छन
    तिमी न त महसुस गर्न सक्ने छौ तिनको धड्कनमा
    के बग्दै थियो
    न पत्ता लगाउन सक्नेछौ तिनको धमनिको गति
    न सक्नेछौ महसुस गर्न तिनको श्वास
    आखिर तिनको रगत पसिनामा
    मधेस,देश कि बिदेश के थियो त .....???
    तिमीलाइ स्वागत गर्दै राष्ट्रगान बजाइ बानेश्वर गुन्जिरहादा
    मेरा दाइभाइ,काका,काकी,दिदी र बहिनी को
    अन्तिम श्र्दान्जली दिन जादैछु शंख फुक्दै

    अनि जब जल्नेछ दीप तिमी माथि

    ठिक त्यतिनै बेला
    म आफ्ना सपुतको दाखबत्ती
    जलाइ रहेको हुनेछु मसानधाटमा
    सायद तिमिले जालाएको दियोले
    मलाइ बोलाउदै छ इसारा गरिगरी
    तर तर म आउन सक्दै छैन
    किन कि तिमी भित्र म छु तर मेरो प्राण छैन
    प्राण बिनाको म तिमिसङ आउन असमर्थ छु
    तिमी सङ आएर मैले धड्कन भेटाउन सक्ने छैन
    एक मुठी चैनको श्वास फेर्न सक्ने छैन भने
    म लडिरहन तयार छु एक मुठी श्वास अनि
    एक थोपा रगत रहे सम्म तिमी सङै ....
    के तिमी तयार छौ त .....????

    तिम्रो कुरै बुझ्न सकिएन

    तिमिलाइ जन्माउन पनि सम्भोग हैन
    सम्बेदना चाहिने अनि जन्मे पछि पनि
    रक्तपात चाहिने !! बुद्धभुमिमा तिमीले आखिर यो के गरेको
    आखिर मेरो रगतले तिम्रो आवरण रातै रङिएको छ
    भने तिमी मेरो नाममा तिमी भित्र दुइ लाईन
    समेत लेख्न नसक्ने आखिर कहिले सम्म .....????

       




    म पहाडिले जो अकालमा मरे (नेपाली) आन्दोलनको क्रममै तिनलाइ सम्झेर लेखे कति न्याय गर्न सके थाहा छैन ।


  • 0 Comments:

    Post a Comment

    GET A FREE QUOTE NOW

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

    ADDRESS

    Dhangadi, Kailali

    EMAIL

    Amritjaishi0@Gmail.Com

    TELEPHONE

    091590328,
    091590348

    MOBILE

    9860644282