dr. Amrit Jaishi

I am a Writer

Dr. Amrit Jaishi

BDS (BPKIHS Dharan)
Dr. Amrit Jaishi has been serving as an Oral and Dental surgeon in Farwest Province, Nepal, for over four years. Currently based at Dhangadhi Sanjeevani Hospital, Dr. Jaishi was drawn to dentistry by its transformative impact on smiles and oral health improvement.

  • Dhanagadhi, Kailali, Nepal
  • 9860644282
  • amritjaishi0@gmail.com
  • www.dentistryexplorer.com
Me

My Professional Skills

Skilled dental surgeon with expertise in diagnosing and treating various dental conditions, performing surgical procedures, and providing restorative dental care. He is dedicated to patient comfort and education, employing a compassionate approach to oral health management.

Restorative Dentistry 90%
Clinical Expertise 93%
Surgical Skills 95%
Oral Health Education and patient care 96%

आकस्मिक दन्त सेवा

Me

डेन्टल क्राउन

Me

आर.सी.टी.

Me

गीजा सम्बन्धी सम्पूर्ण समाधान

Me

दाँतको सफाई

Me

खराब दाँत निकाल्ने

Me

बुद्धी बंगारा हटाउने

Me

दाँतको ब्रेसेस

Me
0
Published Magazine
0
Published Research Articles
0
facebook like
0
current projects

Secretary 2023-Ongoing

Nepal Dental Association Kailali Branch.

Treasure 2021-2022

Nepal Dental Association Kailali Branch.

Secretary 2017-2018

Parikrama Students Family 22nd Executive Committee.

Dental Surgeon 2021- Ongoing

8th Level Government Dental Surgeon at Seti Provincial Hospital

Publish Parikrama Magazine

Official Student magazine of BP Koirala Institute of Health Sciences, Dharan.

1. Perceptions and experiences of the public regarding the COVID-19 pandemic in Nepal: A qualitative study using phenomenological analysis.

2. Perception of Health Care Practitioners of Government Designated COVID-19 Hospitals of Nepal towards the Management of COVID-19 Pandemic: A Descriptive Cross-sectional Study.

3. Ongoing Knowledge attitude and practice of sterilization and disinfection of extracted among under graduate dental Students.

4. Ongoing Knowledge regarding Oral cancer among Dental surgeons in Farwest Province.

  • जनताको मुख स्वास्थ्यमा सरकारको खेलवाड!

    भनिन्छ नि 'गलत सधैं गलत नै हुन्छ यदि त्यो सबैले गर्दै गरेको किन नहोस्, सत्य सधैं सत्य नै रहन्छ चाहे त्यो कसैले गर्दै नगरेको किन नहोस्।' ठिक यस्तै अवस्था छ अहिले नेपालको दन्त चिकित्सा क्षेत्रमा। गाउँ-गाँउमा दाँत बनाउने ठाउँ, दाँत उपचार केन्द्र, डेन्टल क्लिनिक र सरकारी अस्पतालको दाँत तथा मुख विभागमा समेत अवस्था एकदमै नाजुक छ।


    यस्ता क्लिनिक, दाँत उपचार केन्द्र, दाँत बनाउने ठाँउ अनि गाउँघरका प्राथमिक उपचार केन्द्र र अस्पतालमा कसले कसरी के-के उपचारमा संलग्न छ त्यो न त सरकारको नियमक निकायलाई थाहा छ, न त त्यहाँ उपचारका लागि आउने सोझा जनताहरुलाई नै थाहा छ। एकातिर जनताहरुले महङ्गो उपचार शुल्क तिरेर पनि गुणस्तरीय सेवा पाउनबाट बन्चित छ्न् भने अर्कोतर्फ सरकारले सरकारी अस्पतालहरुमा मुख स्वास्थ्यलाई पूर्ण रुपमा बेवास्ता नै गरेको छ। हाल देशभरी जम्मा ८० जना दन्त चिकित्सकको दरबन्दी छ जब कि अहिले नै नेपाल मेडिकल काउन्सिलमा दर्ता दन्त चिकित्सकको संख्या नै चार हजार कटिसकेको छ। 

    दन्त चिकित्सा क्षेत्रमा गाउँघर मात्र होइनन् देशका मुख्य सहरहरुमा समेत उचित रुपमा नियमक निकायले सक्रियताका साथ अनुगमन कार्य नगर्दा जनताले कुट (क्वाक) चिकित्साको सिकार बन्नु परेको छ। दाँत मुख स्वास्थ्यमा मुख्य सहरमै रहेका क्लिनिकमा अनि सरकारी स्वास्थ्य सस्थामा समेत कसरी कुट (क्वाक) चिकित्सा भइरहेको छ यसको बारेमा छुट्टै लेख लेख्नेछु तर यस पटक भने सरकारले ५/१०/१५ शय्याको आधारभूत अस्पतालको संरचना बनाउदा बुझ्न नसकेको दन्त चिकित्सक र डेण्टल हाइजिनिस्टको सम्बन्धको बारेमा बिस्तृतमा लेख्ने प्रयास गर्नेछु।  

    हालसालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ५/१०/१५ शय्याका आधारभूत अस्पतालको दरबन्दी तेरिज पारित गरिएको छ। त्यसमा डेन्टल हाइजिनिस्टको मात्र दरबन्दी स्वीकृत भएको छ। यसमा सरकारकै तर्फबाट नीतिगत त्रुटि भएको छ। यसलाई चाँडै सच्याउनुको विकल्प छैन। 

    स्वास्थ्य क्षेत्र आफैंमा शरीरको उपचारसँग प्रत्यक्षरुपमा जोडिएको हुनाले एकदमै संवेदनशिल क्षेत्र हो। कसैको उपचारमा सानो चाहे त्यो ठूलो अपरेसन गर्दा होस् वा दाँत निकाल्दा नै किन नहोस् लापरबाही वा गल्तीले मानिसको ज्यानैसम्म जान सक्छ।

    यसको उदाहरणका रुपमा केही समय अघि धनुषा मिथिला नगरपालिका वडा नं. ९ की १९ वर्षीया रानी सिंह महतो दाँत दुखेर नजिकैको साझा कान्तिपुर डेन्टल प्राली पुगेको थिइन् र उक्त क्लिनिकमा दुखेको दाँत निकाल्ने कार्य भयो तर उनको दाँत उखेल्दा अत्यधिक रक्तश्राव भएर उनको मृत्यु भयो। उक्त दाँत निकाल्ने व्यक्ति उक्त कार्यका निम्ति दक्ष जनशक्ति नभएकै कारण रानी सिंह महतोले अकालमै ज्यान गुमाउनु पर्यो। अहिले उक्त उपचारमा संलग्न व्यक्तिलाई प्रकाउ गरि प्रहरी हिरासतमा राखिएको छ । यस्तो घटना यो पहिलो र अन्तिम होइन यस्ता थुप्रै घटना घटिसकेका छन् तर पनि यसलाई रोक्न सरकारले नियामक निकाय मार्फत नीतिगत पहलकदमी गरेको देखिँदैन।

    स्वास्थ्य क्षेत्रमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले आफूले अध्ययन गरेको तह र दर्जाका आधारमा के कति काम गर्ने भन्ने कुरा स्पष्ट रुपमा अध्ययन गर्दै गर्दा पाठ्यक्रममा र अध्ययन पूरा भइसके पछि हुने लाइसेन्स पछिको आचारसंहितामा समेत उल्लेख गरिएको हुन्छ। यदि कसैले आफ्नो तह र जिम्मेवारीले पाएको जिम्मेवारीभन्दा बढी कार्य गरेमा उ सजायको भागिदार बन्नु पर्छ। 

    अब हेरौं अहिलेको हाम्रो अवस्थाको कुरा। सरकारले नै प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद (सिटिइभिटी) मार्फत सन् २००० मा एसएलसी अध्ययनपछि २ वर्षे कोर्सका रुपमा प्रथम पटक डेन्टल हाइजिनिस्ट कोर्स सुरु गरेको थियो। त्यतिबेला डेन्टल हाइजिनिस्टले मात्र सहायकको भुमिका निर्वाह गर्ने तहको पाठ्यक्रम थियो पछि सन २००६ देखि भने त्यही कोर्सलाई परिमार्जन गरि ३ वर्षे कोर्सको रुपमा बनइयो र जसमा डेन्टल हाइजिनिस्टलाई पनि दन्त चिकित्सकको रोहबरमा रहि केही उपचार गर्न दिने गरि पाठ्यक्रम परिमार्जीत भयो। डेन्टल हाजिनिस्ट अन्य देशहरुमा पनि दन्त चिकित्सकको निगरानिमा बिरामीको उपचारमा संलग्न हुने र समुदायस्तरमा र स्कुलहरुमा जनचेतनामूलक कार्यक्रम गर्नका निम्ति लामो समयदेखि कार्य गर्दै आइरहेका छन्। 

    त्यसैले नेपालमा पनि यो कोर्स तयार गर्दा नै उक्त जनशक्ति उत्पादनको लक्ष्य उद्देश्यमा स्पष्ट रुपमा उल्लेख छ- नेपाल मेडिकल काउन्सिलमा दर्ता दन्त चिकित्सकको निगरानीमा रहि केही सिमित उपचारमा संलग्न हुन, जटिल प्राकृतिका उपचारमा दन्त चिकित्सकलाई सहयोगीको भुमिका निर्वाह गर्ने र दाँत तथा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रममा सहभागी भइ जनताहरुलाई मुख स्वास्थ्यको बारेमा सकारात्मक बनाउने। 

    हालसम्म नेपालमा करिब दुई हजारभन्दा बढी डेन्टल हाइजिनिस्टले अध्ययन पूरा गरेर बजारमा छन्। उनीहरुको निम्ति सरकारले ५/१०/१५ शय्याको अस्पतालमा दरबन्दी तेरिज गर्नु आफैंमा खुसीको कुरा हो। यसको पहलकदमीका निम्ति डेन्टल हाइजिनिस्ट एसोसिएसनलाई बधाई छ। तर योसँगै सरकार, उक्त क्षेत्रमा अब कार्य गर्न जाने डेन्टल हाइजिनिस्ट र स्वास्थ्य मन्त्रालय के कुरामा स्पष्ट हुन आवश्यक छ भने अहिले गरेको डेन्टल हाइजिनिस्टको दरबन्दीले गाउँ-गाँउमा जनचेतनामूलक कार्यक्रम र अस्पतालमा आउने बिरामीलाई दाँत तथा मुख सम्बन्धी रोगको जानकारी दिएर माथिल्लो निकायमा वा नजिकैको प्राइभेट क्लिनिकमा रिफर गर्नको निम्ति यो सबै गरेको हो कि ५/१०/१५ वेडकै अस्पतालबाट जनताले न्यूनतम उपचारात्मक सेवा पनि पाउन सकून भन्ने कुराको निम्ति यो भएको हो स्पष्ट हुन जरुरी छ। 

    डेन्टल हाइजिनिस्टको पाठ्यक्रम तयार गर्ने मध्य एक स्वास्थ्य सेवा विभागका कन्सल्ट्यान्ट डेन्टल सर्जन डा प्रकाश बुढाथोकी सरले भन्नुभएको मलाइ याद छ। पाठ्यक्रम तयार गर्ने बेलामा नै हामीले डेण्टल हाइजिनिस्टले गर्न सक्ने केही सामन्य उपचारहरु छुट्याइएको छ तर ती उपचार गर्दा पनि दन्त चिकित्सकको निगरानीमा हुनै पर्छ तर आफैं स्वतन्त्र रुपमा भने उपचार गर्ने परिकल्पना पाठ्यक्रमले समेत गरेको छैन। यो प्रयोग नेपालमा पहिलो पटक भएको होइन अन्य देशहरुको पनि यहि प्रयोग छ। 

    अझै यसलाइ स्पष्ट रुपमा बुझ्न पाठ्यक्रमकै सहायता लिन चहान्छु डेन्टल हाजिनिस्टको पाठ्यक्रममा नै स्पष्ट रुपमा यसरी लेखिएको छ तीन वर्षे हाइजिनिस्ट कोर्सको अध्ययन पूरा गरिसकेपछि यी कुरा गर्न सक्षम हुनेछन्:

    १. प्राविधिक रूपमा सक्षम मध्यम स्तरको जनशक्ति जसले आफ्नो पेशा प्रति सकारात्मक मनोवृत्ति र सामाजिक-सांस्कृतिक मूल्यहरूको सम्मान प्रदर्शन गर्नेछ। 

    २. अस्पताल र सामुदायिक सेटिङहरूमा पनि दन्त चिकित्सकको निगरानीमा गुणस्तरीय र इथिकल दन्त चिकित्सा अभ्यास विकास गर्ने।  

    ३. दाँत तथा मुखलाई स्वस्थ बनाउन बिरामी र समुदायस्तरमा नै यससम्बन्धी शिक्षित र उत्प्रेरित गर्ने मनोवृत्ति विकास गर्ने कार्यमा संलग्न हुने।

    ४. सामान्य गिजाको रोगको पहिचान गरि त्यसका निम्ति आवश्यक पर्ने दाँतको सफा (स्केलिङ) गर्ने।

    ६. गिजाको रोगको सामान्य उपचारको निम्ति आवश्यक उपकरणहरु पहिचान गर्न र प्रयोग गर्न सक्ने।

    ७. मुख तथा दाँत स्वास्थ्य र विशेषगरी गिजा सम्बन्धी रोगको निवारण गर्ने उपायहरू प्रदान गर्ने मनोवृत्ति विकास गर्नुहोस्।

    ८. अधिकतम सम्भावित हदसम्म दाँत कम क्षती हुने गरि संरक्षण गर्न मद्दत गर्ने। 

    ९. कुनै पनि उपचारमा संलग्न हुदा पूर्ण एसेप्टिक उपायहरू प्रदर्शन गर्ने मनोवृत्ति विकास गर्ने। 

    १०. उपचार वा औषधिका कारण हुन सक्ने रोग अर्थात इयाट्रोजेकिक रोग रोकथाम गर्ने मनोवृत्ति विकास गर्ने। 

    ११. दाँतको एक्स-रे र फोटो खिचेर रोगको सहि पहिचानको निम्ति दन्त चिकित्सकलाई रिफर गर्न।

    १२. दन्त चिकित्सक वा विशेषज्ञ चिकित्सक अवश्यक पर्ने बिरामीलाई रेफर गर्ने।

    नेपाल स्वास्थ्य व्यवसायी परिषदले र सिटिभिटीले आफ्नो पाठ्यक्रममा नै यसरी डेण्टल हाइजिनिस्टले दन्त चिकित्सकको निगरानीमा रहि दाँत सफा गर्ने, दाँतमा अरु सबै तयारी पूरा भइसकेपछि क्याप लगाउने, बच्चाको दाँतमा फ्लोराइट लगाउने, भर्ने, दाँत पोलिस गर्ने, गिजा सम्बन्धी रोगको सामान्य उपचार गर्ने, दन्त सडनको प्रकृति हेरेर दन्त चिकित्सकको निगरानीमा दाँत भर्ने लगायतका काम गर्ने गरी उक्त जनशक्ति तयार गरिएको छ ।

    यदि सरकार र सरोकारवाला निकायले नै मात्र ५/१०/१५ शय्याको आधारभूत अस्पताल मार्फत दाँत मुख स्वास्थ्य सम्बन्धी जनचेतना मात्र जगाउने उद्देश्य हो र उपचारत्मक सेवा विस्तार गर्ने लक्ष्य होइन भने अहिलेको निर्णयलाई नीतिगत रुपमा सहि मान्न सकिएला तर यस्तो हो भने यसबाट धेरै जनताहरु लाभान्वित हुन सक्ने अवस्था भने हुने छैन। यदि डेन्टल हाजिनिस्टद्वारा नै पनि आधारभूत अस्पतालमा सामन्य उपचारमा स्वायत्त रूपमा सेवा प्रदान गर्ने लक्ष्य हो भने त्यो निर्णयले बिल्कुल जनताको स्वास्थ्य माथी हुने कुट (क्वाक) चिकित्सालाई सरकारी तवरबाटै अनुमोदित गर्नेछ जुन एकदमै घातक छ।

    दलाइ लामले भनेझै यदि सक्छौ अरुलाई सहयोग गर, यदि सक्दैनौं कमसेकम अरुलाई हानी पुर्याउने काम नगर। सरकार समक्ष पनि यहि यक्ष प्रश्न तेर्सिएको छ। स्वास्थ्य बीमा अन्तर्गत दाँत सम्बन्धी सबैभन्दा धेरै गर्नुपर्ने उपचार आरसीटीलाई समावेश गर्न पहल नगर्ने, जिल्ला जिल्लामा कमसेकम एकजना दन्त चिकित्सक पठाउने गरी दरबन्दी सृजना गर्न नसक्ने अनि जनताको स्वास्थ्य माथी नीतिगत तहबाटै उल्टै खेलबाड गर्ने?

    नेपाल सरकारमा हालसम्म जम्मा ८० जना दन्त चिकित्सकको मात्र दरबन्दी छ। जबकी अहिलेसम्म नेपाल मेडिकल काउन्सिलमा चार हजारभन्दा बढी दन्त चिकित्सकहरु दर्ता भइसकेका छन्। उनीहरुले कहाँ काम गर्ने? यदि जनशक्ति हामीलाई आवश्यकता भएजती नै पूरा भइसकेको भए वार्षिक पाँच सयको हाराहारीमा उत्पादन भइरहेका दन्त चिकित्सकको अब के काम? यदि होइन भने सरकारले यसमा गम्भीरतापूर्वक सोच्नुपर्छ जनताको स्वास्थ्यमाथी सरकारले नै खेलबाड गर्न मिल्दैन। 

    हालसम्म जम्मा केबल ८० जना दन्त चिकित्सकको दरबन्दीको भरमा मुख स्वास्थ्य सेवा सञ्चालन गर्नुले स्वास्थ्य मन्त्रालयको यस प्रतिको चरम उदासीनता स्पष्ट बुझ्न सकिन्थ्यो, अब झन आधारभूत अस्पतालबाट नै दाँत तथा मुख स्वास्थ्यको जिम्मा डेन्टल हाइजिनिस्टलाई दिएपछि त्यसलाई सरकारले थप पुष्टि गरेको छ।  

    स्वास्थ्य मन्त्रालयमा यो गलत निर्णय भएकै हो भनेर नबुझ्ने कोही छैनन्, तर जानाजान स्वार्थ केन्द्रित निर्णय पटक पटक भइरहन्छन्। विश्व स्वास्थ्य संगठनले दन्त चिकित्सक र जनसंख्याको अनुपात १:७५०० तोकेको छ। मन्त्रालयको यो निर्णयले १५००० देखि २०००० जनसंख्या भएको गाउँपालिका नगरपालिकामा समेत दन्त चिकित्सक पुग्ने बाटोलाई ब्रेक लगाएको छ, पालिका स्तरका अस्पतालमा जनता दाँत दुखेर आए पनि सिटामोल बाहेक केही थप उपचारको निम्ति भने सदरमुकाम अथवा नजिकैको सहर वा प्राइभेट क्लिनिक जानुपर्ने बाध्यता सम्बोधन नहुने कुरा स्पष्ट छ।

    अन्त्यमा यस विषयलाई विषयान्तर गर्न अहिले जसरी यसलाई दन्त चिकित्सक र डेन्टल हाइजिनिस्टको झगडा रुपमा प्रस्तुत गर्न खोजिदैछ त्यो सरासर गलत छ। किनकि दन्त चिकित्सकहरु डेन्टल हाइजिनिस्ट बिना अपुर्ण छन् र डेण्टल सर्जन बिना हाइजिनिस्ट एक्लैको पनि कुनै अस्तित्व छैन। दाँत तथा मुख उपचारका निम्ति तयार गरिएको वैकल्पिक जनशक्तिलाई मात्र सरकारी सेवा प्रवाहमा स्वायत्त रुपमा काम गर्ने स्थान दिइनु भनेको दक्ष जनशक्ति माथिको अन्याय त भयो नै त्यो भन्दा बढी संविधान प्रदत्त जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारमाथी समेत अन्याय हुन्छ। त्यसैले यी दुवै पक्षलाई ध्यानमा राखेर सरकारले आफ्नो निर्णय सच्याउन तर्फ पहलकदमी नलिएपछी हामी सडकमा आउनुको विकल्प छैन।

    -(डा जैशी हाल सेती प्रादेशिक अस्पतालमा कार्यतरत छन्)



  • ए सरकार, तिमी संवेदनशील कहिले बन्ने ?

  • खै त मानवता

    परेलाले थेग्न नसकेका आसुका बाधहरु बोकेर
    ध्वनिले बोल्न नसकेका अबोध आवाज बोकेर
    अनि शरीरले भोग्न नसकेका बोझिला पिडाहरु बोकेर
    मेरै अघाडी एउटा बालक
    आफ्नो अस्तिपञ्जर लिएर
    खाना भन्दै आफ्नै आमाको हातहरु बोकेर
    हेरिरहेको देखिरहेछु म
    म प्रार्थना गर्छु यो सबै सबै सपना मात्र होउन
    किन्चित पनि यसमा
    यथार्थता र वास्तबिकताको गन्ध न फैलियोस
    तर सोचेर मात्र कहाँ पुग्दो रहेछ र

    प्रतीक्षामा छन ती आमाका कोखहरु जसरी
    प्रतीक्षा गरिहन्छिन गोमा ब्रामणी आफ्ना नवराजहरुको
    तर अह आज स्वास्थानिको हैन
    प्रसाद लिएर आएका छन
    ट्रम्प, असद, र पुटिनहरु
    बम र रासायनिक यन्त्रहरुको
    जपिरहेछ श्लोक सत्ता, शक्ति र सामन्ती सोचको
    अनि छरिरहेछ्न सुगन्ध बारुदको
    त्यसैले त कहिल्यै नआउने गरि
    हराएका छ्न ती बालकहरुका
    'आमा' भन्दै निस्किने तोते बोली
    जसरी हराएका छ्न हाम्रै हातबाट
    उडादै गरेको चङ्गाहरु धागो चुडचुडिए पछि

    बालकको आखामा लुकेको त्रास ?

    होलान तिम्रा अल्लाहा होलान
    ती तिमीले सजाएका मस्जिदका मुर्तिहरुमा
    तिम्रा क्राइस्ट पनि होलान
    ती तिमीले बनाएका चर्चका छानाहरुमा
    विष्णु पनि होलान सायद
    तिमीले बनाएका चौताराहरुमा
    बुद्ध बसेका होलान सायद
    ती तिमीले जपेका ॐ मणि पद्द्मे ॐ हरुमा
    तर खोजेर हेर त ए मूर्ख मानवहरु हो
    तिमीहरुले कतै ईश्वर खोज्दा खोज्दै
    आफ्नै आत्मा त हराइसकेका छौनौ नि

    तिमीले गरेको जय जयकार र
    तिमीले बगाएको रगतको खोलामा
    के तिमीलाइ बिश्वास छ तिम्रो भगवान पौडी खेल्दै

  • भावनामा नबग्ने प्रधानमन्त्रीको अठोट



    शान्त बस न ए मुर्खहरू हो 
    म जनताहरूको निम्ति दिनरात खटेको छु
    आफू आधी निको हुँदा पनि देशलाई निको बनाउन 
    २० घण्टा काम गरिरहेको छु 
    विद्यालयहरू बन्द गराएको छु 
    अस्पतालका ढोका आधी मात्र खोल्न भनेकै छु 
    गाडीहरू ठप्प पार्ने आदेश दिएकै छु 
    यो कोरोना मुक्त नेपाल घोषणाका निम्ति म तल्लिन्न छु दिनरात 
    किन सम्झाउँछौ मलाई महाकालीको पानीको बेगलाई जितेर आउने नयाँ भीमदत्तहरूका कथा 
    जो भावनामा बग्दैछ्न् अझै पनि
    आफ्नो देशमा पाइला टेक्न, 
    एक मुस्कान राष्ट्रियता मुस्कुराउन
    दुई थोपा पीडा आँखाबाट चुहाउन 
    आफ्नो आँगनमा कोरोना भन्दा पहिले आफूले पाइला टेक्न खोज्नेहरूका कथा 
    मैले त भावनामा नबग्ने अठोट लिएको छु ।


    किन हल्ला गर्छौ ए डाक्टरहरू
    के पुगेन तिमीहरूलाई फेरि 
    औषधि किन्न मान्छे खटाएकै छु 
    किन सम्झाउँछौ मलाई
    बार बार 'ओम्नि' र 'यति' का कुरा 
    'बिष्णु' र 'बालुवाटार' का कुरा 
    आफ्नो तलब नलिने घोषणा गरेर तिमीहरूलाई भत्ता दिन प्रयास गर्दैछु 
    किन देखाउँछौ डाक्टरहरूको पिठ्युँमा लठ्ठीका नीलडाम सहितका तस्बिर 
    प्रहरी खटाएको छु देशमा 
    सेना खटाएको छु औषधिका निम्ति 
    किन सम्झाउँछौ अलपत्र परेका डायलाइसिस गर्ने बिरामीका कथा, 
    अलपत्र सुत्केरीका पीडा 
    किन सुनाउँछौ मलाई बाजुरामा एम्बुलेन्स नपाई मान्छे मरेका कुरा 
    मान्छे भन्दा ठूलो देश हैन र ?
    म नयाँ युगको सुरुवात गर्न तल्लिन छु 
    त्यसैले मैले भावनामा नबग्ने अठोट लिएको छु ।


    नरेन्द्र मोदिजी सँग संवाद गरेकै छु
    उहाँको अवस्थाको बारेमा बुझेकै छु 
    हाम्रा नागरिकहरूलाई कृपा गर्न अनुनय बिनय गरेकै छु 
    अझै पनि दार्चुला पारी पट्टिबाट कसले ल्याउँदै छ यी बिभत्स तस्बिरहरू 
    किन एकोहोरो म तिरै हेरिरहेका छन् एकटक उनीहरू
    किन बोल्दैछ्न् उनीहरू मेरो मौनतामा 
    किन पठाउँछन् सन्देशहरू सरकारका नाममा 
    नसम्झाऊ मलाई 
    मैले त भावनामा नबग्ने अठोट लिएको छु ।


    सबै स्थानीय मुख्यमन्त्री सँग छलफल गरेकै छु 
    सबैको बजेट बिनियोजन गरेकै छु 
    अब केही समय हो धैर्य गर्न सक्दैनौ जनताहरू? 
    कति वर्षसम्म जहाँनिया राणा शासन सह्यौ
    कति वर्ष राजतन्त्र सह्यौ
    कति वर्ष युद्ध काटमार सह्यौ 
    अलिकति धैर्य बाँकी छ भने गर न 
    ए मूर्ख जनताहरू हो 
    किन सुनाउँछौ हिँड्दै सोलुखुम्बुबाट धनगढी आएकाहरूको कथा 
    श्रीमती बालबच्चाका रथ बनेका साहसी श्रीमानका कथा 
    किन यस्तो बेला सम्झाउँछाै रेल र पानीजहाजका कुरा 
    म नयाँ युगको सुरुवातको इतिहास लेख्दै छु
    किनकि भावनामा नबग्ने अठोट लिएको छु ।

    १ महिना लकडाउनमा किन यस्तो सास्ती
    १४ वर्ष जेल बसेको अनुभव छ म सँग पनि
    बुझ्न सक्छु म तिम्रा पीडाहरू
    अनुभूत गर्न सक्छु म तिम्रा बिलापहरू
    किन सुनाउँछौ काठमाडौँमा बिचल्ली परेका मेरा मतदाताका कथा 
    म एकछिन् 'यति' र 'ओम्नि' सँग छलफलमा छु 
    व्यक्तिगत स्वतन्त्रता कि जीवन भनेर ? 
    यसको निष्कर्ष सँगै चाँडै आउनेछु म 
    अहिले नयाँ युगको सुरुवातको तयारीमा छु
    किनकि भावनामा नबग्ने अठोट लिएको छु ।

    एकछिन शान्त बस न ए 
    बुद्धका सन्तानहरू हो 
    राहत वितरणको अझै तयारी गर्दैछु 
    राहतको चामलमा किरा कसरी परेछ्न्
    माइक्रोस्कोप लाएर अनुसन्धान गर्न भनेकै छु 
    दोषी छ भने कारवाही गर्ने भनेकै छु 
    कोरोना भन्दा कठिन भ्रष्टाचारको बिराम 
    लगभग ठीक बनाइसकेको छु 
    अब भोकले कोही मर्दैन 
    रोग आउन नदिन सीमानामा खटाएको छु सेनाहरू
    हाम्रो वीरताको इतिहास नियाल्न बन्दै गरेको 
    भिउटावर माथिबाट हेर्दा कतै देखिँदैन अहिले समस्या सबैजना सन्तुष्ट छ्न् सरकारसँग
    म नयाँ युगको इतिहास लेख्दै छु 
    किनकि भावनामा नबग्ने अठोट लिएको छु ।
  • बाजुराका गाउँघरको लकडाउन





  • मन्त्रीलाई मेडिकल विद्यार्थीको पत्र: सिपाही तयार छन्, कमान्डर गम्भीर बनिदिनुहोस्

    अमृतराज जैशी



    माननीय स्वास्थ्य मन्त्रीज्यू,

    अहिले विश्व नै महामारीको प्रकोपमा गुज्रिरहेको छ, हामी जस्ता विकासोन्मुख देशहरु मात्र हैन अमेरिका, चीन, बेलायत, इटाली जस्ता शक्तिशाली राष्ट्रहरु पनि यो महामारीको दलदलबाट उम्किन संघर्षरत छन्। यो संकट हाम्रो मात्र नभइ विश्वव्यापी संकट भएकाले हामी जस्तो राष्ट्रका निम्ति झन् कठिन साध्य छ। तरपनि हामीले भने विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गर्दा समेत सवै भन्दा बढी जोखिम भएका देशबाट आउने बिमानहरु पनि रोक्न सकेनौं।
    नेपाललाई आफैंले कोरोना मुक्त क्षेत्र घोषणा गरेर भिजिट नेपालको प्रचार सामग्री बनाउन तल्लिन भयौं। उसो त हाम्रो यसरी घोषणा गर्ने पुरानै बानी हो। खुला दिसामुक्त क्षेत्र घोषणा, पुर्ण साक्षरताको घोषणा, यस्ता थुप्रै उदाहरण होलान्, अहिले म यतातिर जान्न।
    अहिले नेपालले कोरोनाको सामना कसरी गर्छ भन्ने कुराको निर्धारण सम्माननिय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यू, रक्षामन्त्री माननीय ईश्वर पोखरेलज्यू र स्वास्थ्यमन्त्रीका हैसियतले तपाईको सबै भन्दा बढी जिम्मेवारी छ। यो महामारी संग कसरी जुध्ने भन्ने ठोस योजना अझै पनि हामीसंग छैन। कोरोनाका संक्रमित नेपालमा पुष्टि नहुँदासम्म हामीले गर्नुपर्ने महामारीको गृहकार्यबाट त हामी चुक्यौँ नै।
    त्यसपश्चात् पनि हामीले लकडाउन गर्ने र बिपत्ति कोष स्थापना भन्दा अरु कुनै ठोस कार्य अगाडि बढाइरहेका छैनौं। तपाईंले भनेकै शब्द सापटी लिएर भन्छु,  यो युद्धको महासंग्राम हो, यहाँ कमान्डरको अर्डर अनुसार युद्धको रणनीति बन्छ र त्यसै अनुकुल कार्य अघि बढ्छ। हो कोरोना पनि २१ औं शताब्दीमा विश्वयुद्ध जस्तै भएको छ। यहाँ सबै स्वास्थ्यकर्मीहरु यो युद्धमा लड्ने तपाईंका सिपाही हुन्, अस्पतालहरु, आइसोलेसनका निम्ति बनेका अस्थायी अस्पतालहरु, यस विशाल युद्धका रणभूमी हुन्,  स्वास्थ्यकर्मीको आत्मबल सिपाहीको बारुद हो, अनि स्वास्थ्यकर्मीको सुरक्षा सामग्रीहरुहरु र औषधी युद्धमा लड्ने हतियार हुन्। यी सबैकुराको बन्दोबस्त मिलाउने जिम्मा तपाईंको काँधमा छ।
    आज तपाईंले बोलेका शब्दहरु शब्द रहँदैनन्, ती सबै सिपाहीहरुका निम्ति मार्गदर्शक सिद्धान्त बन्छन् र त्यही अनुरुपको रणनीति बन्छ। यस प्रतिकुल परिस्थितिमा समेत माननीय स्वास्थ्य मन्त्रीज्यू अझै पनि घोचपेचमा उत्रिनुहुन्छ भने यो तपाईंका लागि मात्र नभइ सारा नेपाली जनताहरुका निम्ति प्रतिउत्पादक बन्नजान्छ। तपाईं पनि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको अनुयायी हुनुहुन्छ होला तर यस किसिमका अभिव्यक्तिले साँच्चै सिपाहीहरुको मनोबल कमजोर बनाउने मात्र हैन युद्धमैदान नै सिपाही बिनाको हुन सक्छ।
    बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र स्वास्थ्यमन्त्री म्याट ह्यानककलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। कोरोनासँग सवैले होशियार हुन किन पनि आवश्यक छ भने यसले न कुनै उमेर समूह, न कुनै जाती वा सम्प्रदाय विशेषमा संक्रमण देखाउँछ।  चीनमा देखिएको मृत्युदर इटाली भन्दा भिन्न प्रकृतिको छ। त्यसैले यसको अनुमान लगाउन पनि बैज्ञानिकहरुलाइ एकदमै कठिन भएको छ। हामी सवैको के कामना छ भने हाम्रो अवस्था इटालीको जस्तो नहोस्। तपाईं र सम्माननीय प्रधानमन्त्रीज्यूले रुँदै देशका नाममा सम्बोधन गर्ने दिन नआओस्। तर तपाईंले यस्तो कामना गरेर मात्र पुग्दैन, तपाईंले त लकडाउन भैसकेको यति दिनसम्म निश्चित नियमावली ल्याइसक्नु पर्थ्यो।
    कसरी स्वास्थ्यकर्मी परिचालन गर्ने भन्नेबारे भएको निर्णयमा सरकारी छात्रवृत्तिमा पढेका बिद्यार्थीहरुलाई पनि खटाउन सकिने भन्ने बुँदा थियो तर यस विषम परिस्थितिमा सरकारी, अर्धसरकारी र ससुल्क पढ्ने सबै जिम्मेवार स्वास्थ्यकर्मी एवम् चिकित्सकहरुलाई विश्वासमा लिएर उनीहरुको सुरक्षाको प्रत्याभूती दिलाएर यस संकटसँग जुध्नुपर्ने अग्रसर हुनुपर्थ्यो। तर यसबारे कहीँकतै छलफल भएको देखिँदैन।
    बरु बहस छ त केवल हात साबुन पानीले धुने र घरमा सेल्फ क्वारेन्टाइनमा बस्ने, लकडाउनलाइ शसक्त बनाउने। यो प्रारम्भिक रोकथामका निम्ति निर्णायक हुन सक्थ्यो तर कोरोना विश्वभर फैलिसक्दा समेत हामीले जनताहरुमा जनचेतना र सिमानाहरुमा कडाइ गर्न सकेनौं। अब यत्तिले मात्रै पुग्दैन।
    अबको हाम्रो बाटो भनेको नेपालमा कोरोनाको संक्रमण देखिसकेको अवस्थामा , संक्रमितको संख्या कति छ भनेर यकिन गर्न हामीले न त कन्ट्याक्ट् ट्रेसिङ  गरेर उनिहरुको परिक्षण नै गर्न सकेका छौँ, न त भारत लगायत विदेशबाट आउने सबैलाइ क्वारेन्टाइनमा राख्न नै सकेका छौं। राखेका ब्यक्तिहरुलाई पनि उचित वातावरण छैन जसका कारण संक्रमीत ब्यक्तिहरु क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्।
    त्यसैले यसअघि भएका गल्तिहरुलाई खोतलेर होइन, अब नवीन योजनाहरु बनाएर अघि नबढे, यही परीक्षणको गति र यही उपचारको नीति भए यो महामारीको सवैभन्दा बढी क्षति ब्योहोर्नपर्ने हामीले नै हुन सक्छ।
    देश केवल अब प्रत्येक दिन हुने कोरोनाको अपडेट र पत्रकार सम्मेलन र घोचपेचले चल्दैन। लकडाउन नै पनि हाम्रो समस्याको समाधान होइन। यदि लकडाउनलाइ समस्या समाधानको अस्त्रको रुपमा लिएमा हामी झन् ठुलू महामारीमा भासिन पुग्नेछौ। तपाईं हामीले खोजेको समाधान  कैलालीतिर कोइलाको टिका लगाउने जस्तो समाधान पक्कै पनि होइन होला।
    कसैले नसोचेका शक्तिशाली राष्ट्रहरुका स्वास्थ्य क्षेत्रका सम्स्याहरु समेत यस महामारीले उजागर गरिदिएको छ। नेपालमा त हाम्रो स्वास्थ्य संरचनामा आमूल परिवर्तन को खाँचो छ भन्दै लामो समयदेखि बहश हुँदै आएको थियो। कोरोना महामरिले त झन् हाम्रा विध्यमान कमजोर संरचना र कमजोर स्वास्थ्य नीतिलाई खुला चुनौति दिएको छ। अब नेतृत्वदायी व्यक्तिहरुले यस आपतकालीन घडिमा उचित बजेटको बिनियोजन गर्न सामुदायिक स्वास्थ्यका स्रोतहरु बारे, स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिहरुले पाउनुपर्ने सुरक्षा सामाग्रीको सुनिश्चितता गर्नुपर्ने अवश्यकता छ।
    यसका साथै सूचनाको सम्प्रेषण पनि महत्त्वपूर्ण पाटो हो। उपचाररत चिकित्सकले २४ घण्टापछी त्यो पनि मिडियाबाट समाचार सुन्न परेको जस्तो अवस्था फेरि नदोहोरियोस्। यस्ता घटनाले चिकित्सकले आफूले उपचार गरिरहेका बिरामी बारेमा त्यो पनि अत्याधिक संक्रमण फैलिन सक्ने रोगको बारेमा जानकारी सक्दो छिटो पुर्याउनुपर्छ। यसमा  पनि कमाण्डरका  हैसियतले तपाईंले यसको अग्रसरता  लिनुपर्ने आवश्यकता छ नत्र तपाईं माथि स्वास्थ्यकर्मीको विश्वास हट्दै जानेछ। जुन हामी सबैलाई प्रतिउत्पादक हुनेछ।
    स्वास्थ्यकर्मीहरुको सुरक्षा सामग्री
    सरकारलाले  चिनबाट खरिद गरेको भनिएको उपचारका निम्ति चाहिने अत्यावश्यक सामग्रीहरुमा समेत  नीतिगत भ्रष्टाचारको कुरा उठेको छ। यो नै दुर्भाग्य हो। यस प्रतिकुल परिस्थितिमा यस्तो कुरा आउनु सार्है दु:खद छ  यसमा स्वास्थ्यमन्त्री ज्युले सम्पुर्ण जनतालाई जवाफ दिन आवाश्यक छ। यसका साथै यदि यस बिपत्तिको घडीमा घमिलो पानीमा माछा  मार्न खोज्ने कोही छ भने मन्त्रीज्यूले उक्त ब्यक्तिहरुलाई कानुनी दायरामा ल्याएर कार्वाही अगाडि बढाउनुपर्ने आवश्यकता जल्दोबल्दो बनेको छ। यदि हैन, यसको जवाफ दिने आट माननीय  स्वास्थ्यमन्त्रीज्यूले गर्न सक्नुहुन्न भने सञ्चारमन्त्री जस्तै गरी मार्ग प्रशस्त गर्नुभए सबैको भलो हुनेछ।
    देशका सवैजसो ठाउँमा अग्रपंक्तिमा रहेर स्वास्थ्य सुविधा प्रदान गर्ने स्वास्थ्यकर्मीहरु नै व्यक्तिगत सुरक्षा सामाग्री मात्र होइन। सामान्य मास्क र ग्लोब्स जस्ता सुरक्षाका साधनहरुको अपर्याप्तताले आफैंलाई कोभिड १९ जस्ता संक्रमणको जोखिमबाट बचाउन र अरुलाइ संक्रमण हुन नदिन संर्घष गर्दै छन्।
    उदाहरणका लागि धनगढीको सेती अस्पतालमा एकजना कोरोनाका संक्रमित व्यक्ति आइसोलेसनमा छन्, त्यही अस्पतालमा इमर्जेन्सीमा आएका मुख्य गरी ज्वरो र खोकिकै बिरामीको चेकजाँच गर्दा त डाक्टरले सामन्य सर्जिकल मास्कको भरमा खटिनु परेको छ। न सरकारले पीपीई भनिने ब्यक्तिगत सुरक्षा  सामाग्रीको उचित व्यवस्थापन गर्न सकेको छ न त शंकास्पद ब्यक्तिको परिक्षण नै द्रुतगतिमा हुने गरेको छ। यसरी त काम गरिरहेका स्वास्थ्यकर्मीको पनि मनोबल कमजोर हुँदै जान्छ। यसलाई व्यवस्थापन गर्नुपर्ने मुख्य जिम्मेवारी माननीय स्वास्थ्य मन्त्रीज्यूकै काँधमा छ।
    हो, तपाईंको घरमा पाहुना आएका हुनसक्छन्, अहिले त लकडाउनका कारण नहोलान, तपाईंलाई यस्ता प्राविधिक कुराको त्यति ज्ञान नहोला तर यति भनेर छुट पाउने स्थितिमा तपाईं हुनुहुन्न किनकी स्वास्थ्यकर्मीहरु आफ्नो सुरक्षाको प्रत्याभूति नहुँदासम्म कसरी अरुका निम्ति ज्यान फालेर काम गर्न सक्छन्? स्वास्थ्य सचिवज्यूले निर्देशन दिएअनुसार काम गर्नुपरे आज त उपचार गर्दैछन्। यदि कुनै चिकित्सकलाई संक्रमण भए त्यसपछिको भयावह स्थिती तपाईं हामीले सम्हाल्न सक्ने  हुने छैन। त्यसैले स्वास्थ्यकर्मी मात्र हैन, एम्बुलेन्स चालकहरुका निम्ति पनि यो आवश्यक भैसकेको छ। संक्रमित बिरामीलाई आज एकजना चालकले बोक्न मानेनन् कारण उनलाई आफ्नो ज्यानको सुरक्षाको प्रत्याभूति थिएन।
    निजी क्षेत्रलाई परिचालन
    नेपालमा स्वास्थ्य क्षेत्रमा सरकारी भन्दा निजी क्षेत्रको पहुँच धेरै छ र सेवा सुविधा पनि निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरु र अस्पतालमा धेरै छन्। त्यसैले यस बिपतको घडिमा सरकारले निजी क्षेत्रलाई गुहार माग्नुको बिकल्प छैन। चीन जस्तै २ र ३ हप्तामा नयाँ सुबिधासम्पन्न अस्पताल स्थापना गर्न सक्ने हाम्रो स्थिति छैन।
    यसका निम्ति पर्यटनमन्त्रीले जानकारी गराए अनुसार नया अस्पताल बनाउने योजना सुनाउनुभएको थियो हो यो पनि आवश्यक छ तर यो भन्दा पहिले  यथावत भएको निजी स्वास्थ्य क्षेत्रलाई अब परिचालन गर्नुको बिकल्प सरकारसंग छैन। अन्य समयमा चर्को सेवा शुल्क अशुल्ने निजी अस्पतालहरु कोरोना संक्रमण पश्चात् पुर्ण रुपमा बन्द छन्। तर अब सरकारको तर्फबाट स्वास्थ्य मन्त्रीज्यूले नै यसको नेतृत्व लिएर निजी अस्पतालहरुलाई पनि तयारी अवस्था राख्न अब ढिलो गर्नु हुँदैन।
    बिरामीको पहिचान 
    अहिले सबैभन्दा फितलो भनेको हाम्रो संक्रमण पहिचान गर्ने पद्धति छ। दुई दिन अघिसम्म पनि काठमाडौंको एउटा मात्र अस्पतालमा टेस्ट किट थियो। यो भन्दा लजास्पद के हुन सक्ला। हाम्रो तयारी कछुवा गतिमा र विश्वव्यापी रुपमा कोरोना खरायोको गतिमा फैलिरहेको छ।
    स्वास्थ्य मन्त्रीज्यू, हामीले जति संक्रमीत बिरामीको परिक्षण गर्न समय लगायौँ त्यती नै धेरै संक्रमण बढ्ने जोखिम हाम्रो सामु हुँदा हुँदै पनि आज लकडाउनको यति दिन बितिसक्दा समेत यसको बन्दोबस्त गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो। अब भने ढिलो नगरी सकेसम्म बिरामी राख्ने आइसोलेसन वार्ड भएका सबै ठाउँमा टेस्ट किटको व्यवस्था गर्नैपर्छ। यसको आवश्यकता त आज नेपालगन्जमा परीक्षणका निम्ति नमुना लिन आएको जहाजको दुर्घटनाले समेत बोध गराउँछ।
    यसका साथै अझै पनि हामी चुकेको भनेको कन्ट्याक्ट् ट्रेसिङमा हो। यो कति महत्वपूर्ण छ भन्ने कुरा त आज पाचौं ब्यक्तिलाई संक्रमणको पुष्टि भएसँगै झन् प्रष्ट भएको छ। दोस्रो सक्रमित र आज पुष्टि भएका ब्यक्ति एउटै प्लेनमा आएका पुष्टि भएको छ।
    एकजना युवतीलाई कोरोनाको संक्रमण पोजेटिभ आइसकेको हप्ता दिन सम्म पनि हामी त्यस जहाजमा आउने यात्रुहरुको परिक्षण गर्न सक्दैनौं। अहिले त हरेक एयपोर्ट,  होटल, रेस्टुरेन्ट पार्कहरु र बाटोमा समेत सिसिटिभी जडान भएको बेला संक्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी आइसोलेसनमा राखी परीक्षण गर्नुपर्ने आवश्यकता छ। यसलाई सरकारले अबिलम्ब सुरु गर्नैपर्छ।
    अस्ति मात्रै बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा प्राणघातक रोगसंग लडिरहेका बिरामीका निम्ति खाली आइसीयु पनि उपयोग गर्न दिइएन किनकी उक्त बेड कोरोनाको बिरामीका निम्ति छुट्टाइएको थियो। यसरी यस महामारीको समयमा समेत अन्य प्राणघातक रोगहरुसँग संघर्षरत व्यक्तिहरुका निम्ति उपचारको छुट्टै संयन्त्र तयार पार्नुपर्ने आवश्यकता यस घटनाबाटै उजागर हुन्छ। त्यसैले कोरोना संग लडिरहँदा अन्य रोगहरुका बिरामीको उपचारको निम्ति पनि छुट्टै उपचारको बाटो खोज्नुपर्छ। यसको बन्दोबस्त गर्नुपर्ने जिम्मेवारी स्वास्थ्यमन्त्रीकै छ।
    अहिले यो पत्र लेख्दै गर्दा सम्म ५ वटा केस परीक्षण बट पुष्टि भइसकेका छन्।  कति जनाको कन्ट्याक्ट् ट्रेसिङ हुन बाँकी छ,  कति जना परिक्षणको  दायरामा आउनै बाँकी छन्, कतिको परीक्षणको नतिजा आउन बाँकी छ  । यसरी यस महामरिको निम्ति हाम्रो तयारी अन्य देशको तयारी र त्यसबाट आएको प्रतिफलको लेखाजोखा गरेर सिमित स्रोतसाधनबाटै गर्नसकिने उपयुक्त उपायहरु सहि समयमा छान्न सकेनौं भने हामीले ठूलो मूल्य चुकाउनुपर्नेछ।
    माननीय स्वास्थ्य मन्त्रीलाई ऐतिहासिक अवसर र चुनौती पनि छ। यसको सामना गर्दै  देशलाइ ठूलो क्षति हुनबाट बचाउने मुख्य जिम्मेवारी छ। तपाईंका सिपाहीहरु तयार छन्, कमान्डरको आदेशको पर्खाइमा छन्। युद्ध भूमिमा सिपाहीलाई बिना हतियार नखटाउनुहोला। त्यो तपाईं हाम्रो हैन सिङ्गो देशको हार हुनेछ।
    अन्य देशहरुले जस्तै उपयुक्त व्यक्तिगत सुरक्षा कवचका साथै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाउने नीति नियम ल्याउन पहल गर्नुहोस्। कति देशले बिमा गरेका छन्, हाम्रो परिस्थितिमा के गर्न सकिन्छ तत्काल अगाडि बढाउनुहोस्।  स्वास्थ्य मन्त्रीज्यूको सफलता नै हामी सवै स्वास्थ्यकर्मी र सम्पूर्ण जनताको सफलता हो। सबैलाई यस लडाइँको सामना सशक्त भएर गर्न आह्वान।
    -(लेखक जैशी बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बिडिएस अध्ययनरत छन्)

    स्वास्थ्यखबरमा प्रकाशित 
  • तिमी भएर

    तिमी भएर

    आज म खोल्दै छु मौनता
    सुनाउन चाहान्छु बिस्तारै
    मेरा मनका कुराहरु
    जुन कुराको प्रतीक्षामा तिमी थियौ
    प्रतीक्षारत लामो समयदेखी

    तिमीले बोलाउदा अभिसारिकाको नामले मलाइ
    म लाजले भुतुक्कै हुन्थे लज्जावति झै
    तिमीले सधै सपनाको कुरा गर्दा
    सपनामा मलाइ देखेको कुरा गर्दा
    मेरा पनि मनमा नखेलेका हैनन्
    सपनाहरुले लुकामारी तिम्रै छायाको वरिपरि
    तिमीले लेखिरहदा प्रेमपत्र
    अनि मेरै नाममा कविताहरु
    मेरा पनि हातहरुले लेख्न नखोजेका हैनन्
    तिम्रा नाममा कविताहरु,
    बाटोमा तिमीलाइ देख्दा
    आखाहरुको मौन सम्बाद हुँदै गर्दा
    मेरा परेलामा नलागेका हैनन्
    लाजका गाजल
    तिमीले सदाबहार मुस्कानले
    स्वागत गर्दा मेरो आगमनलाइ
    ओठमा खुसीको लाली नछाएको कहिले होला !
    तिमीले तिमी भएर आएपछि
    मेरा पनि नछुटेका हैनन
    कति रातका निन्द्रादेवी सङका गोप्य वार्तालापहरु
    तर ती सबै सबै रातहरु
    अनि तिम्रा सबै बातहरु प्रिय् छन मेरा निम्ति

    तिमीले पर्खिरहदा,
    जुकरवर्ग क्याफेमा मेरै पर्खाइमा
    मलाई पनि आउन मन नभएको कहिले हुदो हो
    तिमीले भने जस्तै गरि जुकरवर्ग क्याफेमा बसी
    चुस्की लगाउदै तिता मिठा गफहरुको
    तिम्रा दैनिकी म सङ अनि मेरा दैनिकी तिमी सङ साट्दा
    मसला थप्दै अलिकती ठट्यौलीको
    अनि एक सर्को खुसी बाड्न पाउँदा
    त्यो एकान्त शुन्यता बोकेको रात पनि
    कति प्रिय बनाइदिन्थ्यौ तिमी ।
    साक्षी त आज तिम्रा यादहरु छ्न
    जो निस्संदेह आइदिन्छ्न हरबखत

    हुन त म निशब्द छु
    तिम्रा ती प्रेममय स्पर्शहरु सङ
    तिम्रा साहारा र विश्वासका छाहरी सङ
    आरोह अवरोहका गल्छिहरु चड्दै
    तिम्रो मनको विशाल आयतन देखिसकेँ
    अब त मेरा मनका फाल्साहरू आश्वस्त भैसकेका छन्
    एकसरो धमनीहरू साक्षी बसेका छन्
    र हातहरू तम्तयार छन्
    हाम्रो पिरतीको तमसुक लेख्न ।

  • GET A FREE QUOTE NOW

    Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit, sed diam nonummy nibh euismod tincidunt ut laoreet dolore magna aliquam erat volutpat.

    ADDRESS

    Dhangadi, Kailali

    EMAIL

    Amritjaishi0@Gmail.Com

    TELEPHONE

    091590328,
    091590348

    MOBILE

    9860644282